सरकारले अब २४ सै घण्टा ग्यास बिक्रीको तयारी गरेको छ ।
आज उद्योग मन्त्रालयमा भएको छलफलमा काठमाडौँ जिल्ला प्रमुख ईश्वर राज पौडेलले अब काठमाडौँमा २४ सै घण्टा ग्यास बिक्री गर्ने तयारी गरेको बताए ।
काठमाडौँका विभिन्न ठाउँ तोकेर बिक्री गर्ने तयारी गरेको हो ।
उनले भने, काठमाडौँको विभिन्न ठाउँ हेरेर ३०/४० वा ५० ठाउँमा ग्यास बिक्रीको लागि तयारी भइरहेको छ ।