किशोर श्रेष्ठलाई महाराजगञ्ज वृत्तमा स्थानान्तरण, अन्य अनुसन्धान अघि बढ्दै

 संवाददाता    २०८३, २९ श्रावण शुक्रबार १०:४६     76 जनाले पढ़िसके



Spread the love

बुधबार पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, भद्रकालीबाट महाराजगञ्जस्थित प्रहरी वृत्तको हिरासतमा सारिएको छ ।

परिसरमा थुनुवाको चाप भएकाले मुद्दा अभियोजनको सहजताका लागि बिहीबार बेलुकी उनलाई त्यहाँ सारिएको जिल्ला प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए ।

मुद्दाको अनुसन्धानका क्रममा उनीसँग भेट्न चाहने व्यक्तिलाई नियन्त्रित गरिएको प्रहरीले जनाएको छ । उनका अत्यावश्यक स्वास्थ्य सामाग्री परिवारबाट प्राप्त भएअनुसार प्रयोग गर्न दिइएको छ ।

उनका विषय पत्रिका तथा अनलाइनमा प्रकाशित समाचारबाहेकका विषयमा अनुसन्धान गर्नुपर्ने कारण कम चाप हुने प्रहरी कार्यालयमा सारिएको केन्द्रीय प्रहरी स्रोतले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले उनका विभिन्न इलेक्ट्रोनिक्स डिभाइसमाथि अनुसन्धान अगाडि बढाएको छ । सामाखुसीमा रहेको प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ती परीक्षण जारी रहेको स्रोतले जनाएको छ ।

उनका विभिन्न बैंक तथा वित्तीय संस्थाका कारोबार पनि अध्ययन भइरहेको स्रोतको भनाइ छ ।