रौतहटमा फेसबुकमार्फत गालीगलौज गरेको आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

 संवाददाता    २०८३, २७ श्रावण बुधबार १२:०८     29 जनाले पढ़िसके



Spread the love

सामाजिक सञ्जालमा अश्लील तथा गालीगलौज पूर्ण शब्द प्रयोग गरेको आरोपमा स्थानीय रवीन्द्र यादव पक्राउ परेका छन् । स्थानीय सागर यादवलाई लक्षित गरी फेसबुकमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा उनी पक्राउ परेका हुन् । रवीन्द्र रास्वपाको स्थानीय कार्यकर्ता रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यादवलाई मंगलबार साँझ गरुडा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । राजनीतिक तथा व्यक्तिगत विषयलाई लिएर सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको रौतहटका डीएसपी वसन्त गौतमले जानकारी दिए ।

सागरले गरुडा नगर क्षेत्रका समस्या, विकृति र विसंगतिबारे सामाजिक सञ्जालमा उठाएको विषयलाई लिएर रवीन्द्रले अश्लील शब्द प्रयोग गरी आलोचना गरेको बताइएको छ ।

प्रहरीले घटनाको प्रकृति, सामाजिक सञ्जालमा लेखिएको सामग्री तथा उजुरीका आधारमा थप अनुसन्धान गरिरहेको जनाएको छ।