उकालो लागेको सुनको भाउमा आज गिरावट, चाँदी पनि घट्यो

 संवाददाता    २०८३, २७ श्रावण बुधबार ११:१७     94 जनाले पढ़िसके



Spread the love

गएका पाँच दिनमा २४ हजार २ सय रुपैयाँ बढेको सुनको भाउ आज घटेको छ।

सुनको भाउ आज तोलामा १ हजार २ सय घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलामा ६ हजार ४ सय रुपैयाँ बढेर ३ लाख ७ हजार ९ सय पुगेको थियो।

पाँच दिनमा तोलामा २४ हजार २ सय बढेको सुनको भाउ आज घटेको हो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेर ४ हजार ७ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।