जापान पठाइदिन्छु भन्दै १ सय १५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका- ७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्।
उनलाई वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा सोमबार बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले गेटस्वि एन्टरनेशनल प्रालि नामको कन्सल्टेन्सीमार्फत् १ सय १५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम लिएको प्रहरीले जनाएको छ।
बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।