स्रोत नखुलेको ५२ लाख ५० हजारसहित पर्साबाट ४ जना पक्राउ

 संवाददाता    २०८३, २६ श्रावण मंगलवार १२:५५     33 जनाले पढ़िसके



Spread the love

पर्सा प्रहरीले ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।

स्रोत नखुलेको रकमसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका-१० आदर्शनगरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रदेश २-०३-००३ प ७२१५ र ना. ५७ प ५१८२ नम्बरको मोटरसाइक रोकेर खानतलासी गर्दा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको विहार जिल्ला सितामढी थाना डुमराका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका-१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्साफ र पर्साको विन्दवासिनी गाउँपालिका-१ का २५ वर्षीय राहुतकुमार गुप्ता रहेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

उनीहरूको साथबाट १००० दरका ४००५ थान, ५०० दरका २३५३, १०० दरका ६४३ र ५० दरका ८४ थान गरी ५२ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सुरज कर्णको साथबाट १ लाख रुपैयाँ, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार रुपैयाँ र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद भएको छ।

बरामद रकममध्ये १ हजार दरका ४ हजार ५ थान नोटबाट ४० लाख ५ हजार रुपैयाँ, ५ सय दरका २ हजार ३ सय ५३ थान नोटबाट ११ लाख ७६ हजार ५०० रुपैयाँ, १ सय दरका ६ सय ४३ थान नोटबाट ६४ हजार ३०० रुपैयाँ र ५० दरका ८४ थान नोटबाट ४ हजार २०० रुपैयाँ रहेको छ।

उक्त रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए।