सुनचाँदीको मूल्य एकैपटक बढ्यो

 संवाददाता    २०८३, २६ श्रावण मंगलवार ११:२५     155 जनाले पढ़िसके



Spread the love

आज सुनचाँदीकै मूल्यमा उच्च वृद्धि भएको छ।

सुनको भाउ आज तोलामा ६ हजार ४ सय रुपैयाँ बढेर ३ लाख ७ हजार ९ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर ३ लाख १ हजार ५ सयमा झरेको थियो।

त्यसअघि गएका चार दिनमा सुनको भाउ तोलामा १७ हजार ८ सय रुपैयाँ बढेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि उच्च दरमा बढेको छ। तोलामा ११० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ७ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।