चार दिनमै १७ हजार ८ सयले बढेको सुन आज सस्तियो

 संवाददाता    २०८३, २५ श्रावण सोमबार १२:३०     120 जनाले पढ़िसके



Spread the love

गएका चार दिनमा १७ हजार ८ सय रुपैयाँ बढेको सुनको भाउ आज घटेको छ।

सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ मात्रै घटेको हो। मूल्य घटेर सुनको भाउ आज ३ लाख १ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो तोलामा ४ हजार ८ सय रुपैयाँ बढेर सुनको भाउ ३ लाख १ हजार सात सय पुगेको थियो।

यसअघि गएको शुक्रबार सुनको भाउ तोलामा ९ सय, बिहीबार ८ हजार र बुधबार ४ हजार २ सय रुपैयाँ बढेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ। तोलामा २५ रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ६ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।