सुनको भाउमा आज पनि उच्च वृद्धि

 संवाददाता    २०८३, २४ श्रावण आईतवार ११:४५     3 जनाले पढ़िसके



Spread the love

आज सुनचाँदीकै मूल्यमा उच्च वृद्धि भएको छ।

सुनको मूल्य आज तोलामा ४ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १ हजार सात सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि गएको शुक्रबार तोलामा ९ सय रुपैयाँ बढेर सुनको भाउ २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको थियो। त्यसअघि बिहीबार सुनको भाउ तोलामा ८ हजार र बुधबार ४ हजार २ सय रुपैयाँ बढेको थियो।

गएका चार दिनमा सुनको भाउ तोलामा १७ हजार ८ सय रुपैयाँ बढेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँ बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।