सुनको मूल्यमा लगातार वृद्धि, दुई दिनमा १२,२०० रुपैयाँ बढेपछि आज पनि उकालो

 संवाददाता    २०८३, २२ श्रावण शुक्रबार ११:२५     177 जनाले पढ़िसके



Spread the love

हिजो तोलामा ८ हजार रुपैयाँ बढेको सुनको भाउ आज थप बढेको छ।

सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलामा ८ हजार रुपैयाँ बढेर २ लाख ९६ हजार रुपैयाँ कायम भएको थियो। त्यसअघि बुधबार पनि सुनको भाउ तोलामा ४ हजार २ सयले बढेको थियो।

गएका तीन दिनमा सुनको भाउ तोलामा १३ हजार १ सय रुपैयाँ बढेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर ४ हजार ५ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।