तातोपानी भन्सारको बीओपीमा सुक्खा पहिरो खस्यो, भौतिक संरचनामा क्षति

 संवाददाता    २०८३, २२ श्रावण शुक्रबार १०:५३     92 जनाले पढ़िसके



Spread the love

सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार क्षेत्रमा गएराति सुक्खा पहिरो गएको छ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउपालिका-३ स्थित भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरी बल नेपालको बीओपीको उत्तर-पश्चिम रहेको २००/३०० मिटर अग्लो डाँडाबाट गएराति १:१५ बजे सुक्खा पहिरो झरेको हो।

पहिरो झर्दा उछिट्टिएका ढुगांहरूले मानिसलाई केही नभए पनि केही भौतिक क्षति भएको तातोपानीस्थति बीओपीले जानकारी दिएको छ।