एकै दिनमा सुनको मूल्यमा उच्च उछाल, चाँदीको भाउ पनि बढ्यो

 संवाददाता    २०८३, २० श्रावण बुधबार ११:२०     163 जनाले पढ़िसके



Spread the love

हिजो घटेको सुनको भाउ आज व्यापक मात्रामा बढेको छ।

सुनको भाउ तोलामा ४ हजार २ सयले बढेर आज ४ लाख ८८ हजार रुपैयाँ पुगेको छ।

यसअघि हिजो तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ २ लाख ८३ हजार ८ सय कायम भएको थियो।

गएको सोमबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा ९५ रुपैयाँ बढेर ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३ सय ८० रुपैयाँ थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।