हिजो तोलामा ८ सय रुपैयाँ बढेको सुनको भाउ आज घटेको छ।
सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेर २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर ४ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।