परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई प्रहरी नियन्त्रणमा

 संवाददाता    २०८३, १८ श्रावण सोमबार १४:५०     47 जनाले पढ़िसके



Spread the love

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार सिंहदरबारबाटै पक्राउ गरेको हो।

भट्टराईविरुद्ध तिब्बती शरणार्थीका नाममा गैरकानुनीरूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोप छ।

उनलाई आजै जिल्ला अदालत काठमाडौँ उपस्थित गराउने सीआईबीको तयारी छ। उनीविरुद्ध गत सोमबार नै मुद्दा दायर भएको थियो।

उनले २०६८ सालमा ट्राभल डकुमेन्ट जारी गरेको सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले जानकारी दिए।