काठमाडौँमा ग्यास पाउनै मुस्किल, घण्टौँ लाइनमा सर्वसाधारण

 संवाददाता    २०८३, १८ श्रावण सोमबार १३:२१     107 जनाले पढ़िसके



Spread the love

खाना पकाउने एलपी ग्यासका लागि काठमाडौँमै सर्वसाधारण घण्टौँ लाइन लाग्नु परिरहेको छ।

काठमाडौँको टेकुस्थित नेसनल ट्रेडिङको शाखा कार्यालय परिसरमा सोमबार बिहानैदेखि सयौँ उपभोक्ता लाइनमा लागेका छन्। विभिन्न कम्पनीका सिलिन्डर बोकेर पालो पर्खिरहेका छन्।

नेपाल आयल निगमले भने देशमा र विशेषगरी काठमाडौँ उपत्यकामा ग्यासको कुनै अभाव नरहेको दाबी गरेको छ। तर खुद्रा डिलरमा ग्यास नभेटिएपछि रित्तो सिलिण्डर बोकेर सर्वासाधारण टेकु पुगेका हुन्।

नेसनल ट्रेडिङको शाखा कार्यालय टेकुबाट बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मात्र ग्यास बिक्री–वितरण गर्ने समय तोकिएको छ। जसले गर्दा बिहानैदेखि सर्वसाधारणको लामो लाइन लागेको छ।