हिजोको गिरावटपछि आज सुनचाँदीको भाउमा वृद्धि

 संवाददाता    २०८३, १८ श्रावण सोमबार ११:१४     76 जनाले पढ़िसके



Spread the love

हिजो घटेको सुनचाँदीकै भाउ आज बढेको छ।

सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार पुगेको हो।

हिजो सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सय रुपैयाँमा झरेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेर ४ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।