सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुनसरीका २ पालिकामा आज पनि निषेधाज्ञा

 संवाददाता    २०८३, १८ श्रावण सोमबार ११:००     27 जनाले पढ़िसके



Spread the love

जिल्ला प्रशासन कार्यालय सुनसरीले आज पनि देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ।

जिप्रकाले सोमबार जारी गरेको सूचना अनुसार जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम सोमबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।

जिल्लामा विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख रहे पनि शान्ति(सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए।