पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जा तथा आरोहण टोलीका सदस्यहरूको निधन भएको घटनाप्रति म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ ले शोक बिदा घोषणा गरेको छ ।
आइतबार आज एक विज्ञप्ति जारी गर्दै अन्नपूर्ण गाउँपालिकाले यस घटनामा दिवंगत भएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान प्रकट गर्दै भोलि सोमबार शोक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले सम्पूर्ण नागरिकलाई दिवंगत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकको यस घडीमा एकताबद्ध हुन आग्रह गरेको छ । उनको असामयिक निधनले नेपाल मात्र होइन, विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।