आज सुनचाँदीकै मूल्य घटेको छ। गएको शुक्रबार बढेको दुवै धातुको मूल्य आज घटेको हो।
सुनको भाउ आज तोलामा १ हजार ८ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सय कायम भएको छ।
यसअघि गएको शुक्रबार तोलामा १ हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको २ लाख ८५ हजार रुपैयाँ पुगेको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँ घटेर ४ हजार ३ सय १५ रुपैयाँमा झरेको छ।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।