वैदेशिक रोजगार प्रक्रिया थप व्यवस्थित, ‘जब डिस्क्रिप्सन’ अब अनिवार्य

 संवाददाता    २०८३, १४ श्रावण बिहीबार १२:००     15 जनाले पढ़िसके



Spread the love

नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आज साउन १४ गतेदेखि अनिवार्य विस्तृत कार्य विवरण (जब डिस्क्रिप्सन) उल्लेख गर्नुपर्ने भएको छ।

युवा श्रम तथा रोजगार मन्त्रालयले साउन १३ गते मन्त्रिस्तरीय निर्णय गर्दै कामको प्रकृतिको विस्तृत विवरण आजदेखि लागु हुने गरी पेस गर्नुपर्ने भएको हो।

गन्तव्य मुलुक, सेवा-सर्त, पारिश्रमिक, अन्य सुविधाका सम्बन्धमा दुई पक्षबिच भएका सम्झौता आदि विषयको प्रमाणीकरणलाई थप प्रभावकारी बनाइएको छ।