सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार इन्जिनियर चौधरी र उनकी पत्नी अर्पना कुमारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अर्पनालाई भने सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ।
शैलेन्द्रविरुद्ध दुई करोड २६ लाख १३ हजार १२३ रुपैयाँ बिगो माग दाबी गरिएको छ। दुवै जनाको नाममा रहेको सम्पत्ति जफत गर्न समेत अख्तियारको माग छ।
इन्जिनियर चौधरीले सरकारी सेवा सुरु गरेपछिको सम्पत्ति छानबिन गर्दा उक्त रकम गैरकानुनी रुपमा आर्जन गरेको पाइएको अख्तियारको दाबी छ।