सेयर कारोबार ६ अर्ब नाघ्यो, नेप्से २७३४ विन्दुमा कायम

 संवाददाता    २०८३, ८ श्रावण शुक्रबार १५:१५     17 जनाले पढ़िसके



Spread the love

सेयरबजार ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से बढेको दिन कारोबार पनि ६ अर्ब नाघेको छ। कुल १ करोड ३७ लाख कित्ता किनबेचपछि ६ अर्ब २६ करोडको कारोबार भएको हो।

यस दिन १५२ वटा सेयरको मूल्य बढ्दा १०९ वटाको घटेको छ भने १५ वटाको स्थिर छ।

बढेकामध्ये ईसीएल (एभरेस्ट कलर) र आत्मनिर्भर लघुवित्तको सेयर क्रमशः १४.९९ प्रतिशत र १४.४६ प्रतिशतले उक्लिएका छन्। शुक्रबारको कारोबारमा ८.९२ प्रतिशतसम्म गिरावट देखिएको छ।

सर्वाधिक कारोबारमा आज रिडी पावर अगाडि छ। कम्पनीको ३० कराड बढीको कारोबार भएको हो। यस दिन फाइनान्स, जलविद्युत्, उत्पादन, सामूहिक लगानी, अन्य र व्यापार सूचक घट्दा बाँकी भने बढेका छन्।