काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस र रिसवत माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस र रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा टंगालबाट खटिई गएको टोलीले भट्टराईलाई सेवाग्राहीबाट २१ हजार घुस र रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं- ३० को वडा कार्यालयबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको छ ।