आज सुनचाँदीकै मूल्यमा व्यापक वृद्धि भएको छ।
सुनको भाउ आज तोलामा ५ हजार ४ सय रुपैयाँ बढेर २ लाख ९१ हजार पुगेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ।
हिजो तोलामा १ हजार रुपैयाँ बढेर सुनको भाउ २ लाख ८५ हजार ६ सय पुगेको थियो।
त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ११० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ४ सय ८० रुपैयाँ पुगेको छ।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।