काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि प्रतिस्पर्धा, ३५ आवेदन

 संवाददाता    २०८३, ५ श्रावण मंगलवार १३:०४     23 जनाले पढ़िसके



Spread the love

काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदका लागि ३५ जनाको आवेदन परेको छ।

उपकुलपति छनोट तथा सिफारिस समितिका अनुसार केयूको उपकुलपति पदको आकांक्षा राख्दै ३५ जनाले दरखास्त दिएका हुन्।

सरकारले अध्यादेशमार्फत उपकुलपतिसहित केयूका पदाधिकारी हटाएको थियो।

काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ बमोजिम आवेदन मागिएको थियो।

जसमा ३५ जनाले आवेदन दिएका हुन्। अध्यादेशमार्फत हटाइएका अच्युतप्रसाद वाग्लेले समेत आवेदन दिएका छन्।

यस्तै सुबोध शर्मा, रोजी श्रेष्ठ, सागर राज शर्मा, कन्हैया झा, विकास नकर्मी, राजेन्द्र जोशी, शेषानन्द सञ्जेल, माधव लम्साल, विमप्रसाद श्रेष्ठ, एकराज ओझा, धिरज गिरी, राजेन्द्र ज्ञवाली, वेदमणि दाहालले आवेदन दिएका छन्।

यस्तै बराज सिंह थापा, वालचन्द्र लुइँटेल, दयाराम पोखरेल, विवेक बराल, मनिष पोखरेल,रविन्द्रप्रसाद कायस्थ, लोचन रिजाल, प्रचण्ड मान प्रधान, हरि प्रसाद न्यौपाने, रिजन भक्त कायस्थ, ऋषिकेश पाण्डे, ध्रुव प्रसाद गौचन, जनार्दन लामिछाने, समिर खरेल, सञ्जय नाथ खनाल, वाल कृष्ण वल, सुनिल कुमार जोशी, भुपाल गोविन्द श्रेष्ठ, रामकृष्ण रेग्मी, निरञ्जन पराजुली रवीन्द्र विष्टले आवेदन दिएका छन्।

कार्यविधिअनुसार अन्तर्वार्ता, कार्यपत्र प्रस्तुतीकरणका आधारमा उपकुलपति छनोट हुनेछन्।

सिफारिस समितिले यीमध्ये १० जनाको नाम छनोट गर्ने जनाइएको छ।

तीमध्ये तीन जनाको नाम उपकुलपतिका लागि सिफारिस हुने छन्।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपति छनोट गर्ने छन्।