करदातालाई प्रोत्साहन: हरेक दिन एक जनालाई लखपति बनाइने

 संवाददाता    २०८३, ५ श्रावण मंगलवार ११:२०     31 जनाले पढ़िसके



Spread the love

सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ।

अर्थ मन्त्रालयले कर प्रोत्साहन उपहार सञ्चालन कार्यविधि स्वीकृत गर्दै अब हरेक दिन कर प्रणालीमा आबद्ध एक नागरिकलाई लखपति बनाउने योजना सुरु गरेको हो।

यसमा मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध तथा सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिक सहभागी हुन पाउनेछन्।

त्यसका लागि १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल/रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुपर्नेछ।

उक्त बिल नम्बर नै सम्बन्धित व्यक्तिलाई लखपति बनाउने नम्बर हुने बताइएको छ।

हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजना घोषणा गरिनेछ।

कार्यविधि अनुसार अब हरेक दिन एक जना लखपति र मासिक दुई जनालाई बम्परमा १०–१० लाख उपलब्ध गराइनेछ।

कर तिर्ने दुई जनाले हरेक महिना गोलाप्रथाबाट महिनामा १०–१० लाख पाउने छन्।

बजेटमा घोषणा गरिएको यो कार्यक्रम कार्यन्वयनबारे विस्तृत जान्न कार्यविधि पढ्नुहोस्।