कञ्चनपुरमा च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन

 संवाददाता    २०८३, ४ श्रावण सोमबार ११:०६     138 जनाले पढ़िसके



Spread the love

कञ्चनपुरमा च्याउ खोज्न जंगल हिँडेका १४ महिला सम्पर्कविहिन भएका छन्। भीमदत्त नगरपालिका-१९ को बागफाँटाका उनीहरू आइतबारदेखि सम्पर्कविहीन भएका हुन्।

स्थानीयका अनुसार ती महिला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र छिरेका थिए।

च्याउ खोज्न भनेर जंगल पसेका बागफाँटाका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका एसपी नेत्रमणी गिरीका अनुसार नेपाली सेना र प्रहरीले उनीहरूको खोजी रिरहेको छ। तर अझै अवस्था पत्ता लाग्न सकेको छैन।

आइतबार च्याउ टिप्न गएका उनीहरू साँझसम्म पनि घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो। ती महिलाले मोबाइल नबोक्ने खुलेको छ।