डोल्पामा ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना प्रहरी नियन्त्रणमा

 संवाददाता    २०८३, ३२ असार बिहीबार ११:३८     10 जनाले पढ़िसके



Spread the love

त्रिपुरा सुन्दरी नगरपालिका-१ स्थित त्रिपुराकोटबाट स्रोत नखुलेको ५५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जनालाई नियन्णमा लिइएको छ ।

ठूलिभेरी नगरपालिका दुनैबाट छ्ल गाउँतर्फ जाँदै गरेको भे १३ प ९२६५ मोटरसाइकलाई शंका लागि चेकजाँच गर्दा ठूलिभेरी नगरपालिका-७ बस्ने ३२ वर्षीय विष्णुलाल रोकाया र ४२ वर्षीय भक्तिचन्द्र रोकायाले बोकेको झोलामा पैसाको गड्डी फेला परेको हो ।

भेरी करिडोर सडकखण्ड अन्तर्गत त्रिपुराकोटमा एपीएफ, नेपाल प्रहरी तथा जिल्ला प्रसाशन कार्यलयको प्रतिनिधिसहितको संयुक्त टोलीले चेकप्वाइन्ट खडा गरी जाँच गर्ने क्रममा उनीहरूबाट सो रकम बरामद भएको बताइएको छ ।