लगातार अवरुद्ध मधेश प्रदेश सभा आज फेरि बस्ने

 संवाददाता    २०८३, २८ असार आईतवार ११:४६     15 जनाले पढ़िसके



Spread the love

विपक्षी दलको निरन्तर अवरोधपछि लामो समयदेखि स्थगित मधेश प्रदेश सभाको बैठक आज बस्दैछ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमाथि छलफल तथा पारित गर्ने कार्यसूचीसहित दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

शनिबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा सञ्चालन गर्ने सहमति गरेपछि बैठक आह्वान गरिएको हो । आर्थिक वर्ष सकिन चार दिनमात्र बाँकी रहेकाले समयमै बजेट पारित नभए प्रदेश सरकार आर्थिक संकटमा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बैठक बोलाइएको जनाइएको छ ।

यद्यपि, विपक्षी दल जसपा नेपाल, जनमत र राप्रपाले बजेटमा बदमासी भएको भन्दै विरोध गर्दै आएका छन् । बजेट नसच्याए बैठक चल्न नदिने उनीहरूको अडान छ ।