आज पनि सुनचाँदीकै मूल्य घटेको छ। गएका पाँच दिनदेखि सुनचाँदीकै मूल्यमा लगातार गिरावट आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो तोलामा ९ सय रुपैयाँ घटेको सुनको भाउ आज २ हजार ४ सय घटेर २ लाख ८४ हजार ७ सयमा झरेको छ।
हिजो सुनको भाउ २ लाख ८७ हजार १ सय थियो।
यसअघि मंगलबार सुनको भाउ तोलामा १ हजार ४ सय, सोमबार तोलामा ९ सय र आइतबार ४ सय घटेको थियो। गएका पाँच दिनमा सुनको भाउ ६ हजार रुपैयाँ घटिसकेको छ।
गत साताको बिहीबार र शुक्रबार भने सुनको भाउ तोलामा १२ हजार ४ सय बढेको थियो।
त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १६० रुपैयाँ घटेर ४ हजार ३ सय ४० रुपैयाँमा झरेको छ।