हिजो तोलामा ४ हजार ७ सय बढेको सुनको भाउ आज घटेको छ।
सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँ घटेर २ लाख ८२ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ तोलाको २ लाख ८३ हजार ८ सय पुगेको थियो।
गएको शुक्रबार पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँ बढेको थियो। त्यसअघिका तीन दिनमा सुनको भाउ १० हजार ४ सय रुपैयाँ घटेको थियो।
त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। तोलमा १५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ३ सय १० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
हिजो तोलामा १ सय ४५ रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ३ सय २५ रुपैयाँ पुगेको थियो।