गृह मन्त्रालयको नाम दुरुपयोग गर्दै प्रहरीमा सेटिङ मिलाउन खोज्ने पक्राउ

 संवाददाता    २०८३, १४ असार आईतवार १६:२४     13 जनाले पढ़िसके



Spread the love

गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह छन् । उनले आफूलाई गृहमन्त्रालयको जिम्मेवार व्यक्ति भन्दै प्रहरी कार्यालयमा सेटिङ मिलाउन खोजेको प्रहरीको भनाइ छ ।

कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट पक्राउ गरिएका सिंहमाथि अनुसन्धान भइरहेको छ ।