आज सुनचाँदीकै भाउ बढेको छ।
सुनको भाउ आज तोलामा ४ हजार ७ सय रुपैयाँ बढेर २ लाख ८३ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको शुक्रबार पनि सुनको भाउ तोलामा आठ सय बढेको थियो। त्यसअघिका तीन दिनमा सुनको १० हजार ४ सय रुपैयाँ घटेको थियो।
सुनको भाउ गएको शुक्रबार २ लाख ७९ हजार १ सय रुपैयाँ थियो।
त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा १ सय ४५ रुपैयाँ बढेर ४ हजार ३ सय २५ रुपैयाँ पुगेको छ।