फेरि ओरालो लाग्यो सुन र चाँदीको भाउ

 संवाददाता    २०८३, ९ असार मंगलवार ११:२०     23 जनाले पढ़िसके



Spread the love

हिजो बढेको सुनचाँदीकै भाउ आज घटेको छ।

सुनको भाउ आज तोलामा १ हजार ६ सय रुपैयाँ घटेर २ लाख ८७ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ १ हजार ४ सय रुपैयाँ बढेर २ लाख ८८ हजार ७ सय पुगेको थियो।

गत शुक्रबार तोलामा १० हजार पाँचसय रुपैयाँ घटेको सुनको भाउ आइतबार तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ८७ हजार ३ सय रुपैयाँ पुगेको थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ।

तोलामा १४० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ५९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

हिजो चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेर ४ हजार ७ सय ३० रुपैयाँ पुगेको थियो।