शुक्रबारको भारी गिरावटपछि आज बढ्यो सुनको भाउ, चाँदी पनि महँगियो

 संवाददाता    २०८३, ७ असार आईतवार १२:१६     13 जनाले पढ़िसके



Spread the love

गत शुक्रबार तोलामा १० हजार पाँचसय रुपैयाँ घटेको सुनको भाउ आज थोरै बढेको छ। चाँदी पनि आज महँगिएको छ।

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ८७ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार मूल्यमा व्यापक गिरावट आउँदा सुनको भाउ २ लाख ८६ हजार सातसय रुपैयाँमा झरेको थियो।

यसअघि बिहीबार सुनको भाउ तोलाको २ लाख ९७ हजार २ सय रुपैयाँ थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। तोलाको ५० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ६ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
गत शुक्रबार चाँदीको भाउ तोलामा ३०५ रुपैयाँ घटेर ४ हजार ६४० रुपैयाँमा झरेको थियो।