आज सुनचाँदी दुवैको मूल्य घट्यो

 संवाददाता    २०८३, ५ असार शुक्रबार ११:१९     30 जनाले पढ़िसके



Spread the love

आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ।

सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँ घटेर २ लाख ८६ हजार सातसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बिहीबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेर २ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो।

बुधबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको थियो। यसअघिका ३ दिनमा ६५ सय बढेको सुनको भाउ गएका ३ दिन लगातार घटेको हो।

त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ।

चाँदीको भाउ आज तोलामा ३०५ रुपैयाँ घटेर ४ हजार ६४० रुपैयाँमा झरेको महासंघले जनाएको छ।