आज फेरि सुनचाँदीकै भाउ घटेको छ।
सुनको भाउ आज तोलामा १२ सय रुपैयाँ घटेर २ लाख ९७ हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ मंगलबार तोलामा ३ सय र सोमबार तोलामा पाँच हजार रुपैयाँ बढेको थियो।
हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ५ सय थियो।
गएको आइतबार पनि सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेको थियो।
३ दिनमा ६५ सय बढेको सुनको भाउ आज घटेको हो।
त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ।
चाँदीको भाउ आज तोलामा १० रुपैयाँ घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको छ।