रास्वपा नेता सिंहमाथि भएको आक्रमणको छानबिन गर्न माग

 संवाददाता    २०८३, २ असार मंगलवार १२:२८     27 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि धनगढीमा भएको साङ्घातिक आक्रमण भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले नेता सिंहमाथि आक्रमण गर्नेहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरे ।

रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशनबाट घर फर्किने क्रममा असार १ गते राति धनगढीमा ७-८ जनाको समूहले शैलेश सिंहमाथि योजनाबद्ध रूपमा आक्रमण गरेको बताए ।

आक्रमणकारीहरूले सिंहसँग रहेका ल्यापटप, मोबाइल फोन, घडी, सिक्रीलगायत बहुमूल्य सामानसमेत लुटेको जानकारी गराए। सिंह गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बझाङबाट रास्वपाका उम्मेदवार समेत बनेका थिए ।