पछिल्ला चार खेलमा आठै टोली बराबरीमा रोकिए

 संवाददाता    २०८३, २ असार मंगलवार ११:१६     41 जनाले पढ़िसके



Spread the love

फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति र आज बिहान भएका चार खेलमा सबै टोलीले बराबरी खेलेका छन्।

स्पेन र केप भर्डे, बेल्जियम र इजिप्ट, साउदी अरेबिया र उरुग्वे तथा इरान र न्युजिल्यान्ड कसैले पनि खेलमा विपक्षीलाई पराजित गर्न सकेनन्।

गएराति भएको खेलमा विश्व विजेता स्पेन नव प्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ। यो खेल गोलरहित बराबरीमा सकिएको हो।

त्यसैगरी बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी गर्दा साउदी अरेबिया र उरुग्वेले पनि १–१ गोलकै बराबरी खेलेका छन्।

केही बेरअघि मात्रै सकिएको इरान र न्युजिल्यान्डबिचको खेल पनि २–२ गोलको बराबरीमा सकिएको छ।

न्यूजिल्यान्डले खेलमा दुईपटक अग्रता कायम गरेको थियो। तर त्यसलाई जोगाउन नसक्दा इरानसँग न्यूजिल्यान्ड बराबरीमा रोकिएको हो।