आज पनि बढ्यो सुनको भाउ, चाँदीको मूल्य भने घट्यो

 संवाददाता    २०८३, २ असार मंगलवार ११:१०     37 जनाले पढ़िसके



Spread the love

सुनको भाउ आज पनि बढेको छ। हिजो तोलामा पाँच हजार रुपैयाँ बढेको सुनको भाउ आज ३ सय रुपैयाँ मात्रै बढेको हो।

मूल्य बढेर आज सुनको भाउ तोलाको २ लाख ९८ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको आइतबार तोलामा १२ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार पाँच हजार रुपैयाँ बढेर २ लाख ९८ हजार २ सय रुपैयाँ पुगेको थियो।

त्यसैगरी आज चाँदीको भाउ भने घटेको छ।

चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ घटेर ४ हजार ९९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १७५ रुपैयाँ बढेर चाँदीको भाउ तोलाको ५ हजार १५ रुपैयाँ पुगेको थियो।