सुनको भाउमा उच्च उछाल, चाँदी पनि महँगियो

 संवाददाता    २०८३, १ असार सोमबार १२:४३     56 जनाले पढ़िसके



Spread the love

हिजो तोलामा १२ सय रुपैयाँ बढेको सुनको मूल्य आज उच्च दरमा बढेको छ।

तोलामा पाँच हजार रुपैयाँ बढेर सुनको भाउ आज २ लाख ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य हिजो तोलामा १२ सय रुपैयाँ बढेर २ लाख ९३ हजार दुईसय रुपैयाँ पुगेको थियो। गएको शुक्रबार सुनको भाउ तोलाको २ लाख ९२ हजार रुपैयाँ थियो।

यसअघि गएको बुधबार सुनको भाउ तोलामा १० हजार १ सय र बिहीबार ५ हजार १ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ आज तोलाको १७५ रुपैयाँ बढेर ५ हजार १५ रुपैयाँ पुगेको छ।