दुई दिनमा १५ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ आज फेरि बढेको छ।
सुनको भाउ आज तोलामा ५ हजार ३ सय रुपैयाँ बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि गएको बुधबार सुनको भाउ तोलामा १० हजार १ सय र बिहीबार ५ हजार १ सय रुपैयाँ घटेको थियो।
त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। गएका दुई दिनसम्म लगातार घटेको चाँदीको भाउ आज तोलामा १९० रुपैयाँ बढेर ४ हजार ८४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
हिजो प्रतितोला ९० रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ६५० रुपैयाँमा झरेको थियो भने बुधबार तोलामा १८५ रुपैयाँ घटेको थियो।