हर्कको प्रस्ताव: सीमा क्षेत्रमा तारजालीका लागि १ खर्ब बजेट छुट्याउनुपर्ने

 संवाददाता    २०८३, २८ जेष्ठ बिहीबार १४:३९     105 जनाले पढ़िसके



Spread the love

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सीमानामा तारबार गर्नुपर्ने बताएका छन्। संसद् भवन परिसरमा बोल्दै सीमामा सेना परिचालन गर्नुपर्ने बताए।

उनले भने, ‘एउटा सानो पसल कुर्नका लागि पनि हिजोआज वाचम्यान राख्ने चलन छ। सीसीटीभी क्यामरा राखिन्छ। भनेपछि खुला सीमा छ। अब सल्लाह दिएको मान्दैनन्, नत्र १ खर्ब तारजाली लगाउन पाए हुन्थ्यो। बाटोहरू बनाउनुभन्दा सिमानालाई सुरक्षा गर्नलाई बजेट छुट्टाउनुपर्छ।’

उनले विपक्षीले सदन सुचारु गरेपनि आफूहरूले अडान नछाडेको बताए। उनले सदनमा प्रधानमन्त्री आएर जवाफ दिनुपर्ने बताए।