सुनचाँदीकै मूल्यमा आज उच्च गिरावट

 संवाददाता    २०८३, २७ जेष्ठ बुधबार ११:१९     68 जनाले पढ़िसके



Spread the love

हिजो बढेको सुनचाँदीकै मूल्यमा आज उच्च गिरावट आएको छ।

सुनको भाउ आज तोलामा १० हजार १ सय रुपैयाँ घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलामा दुई हजार रुपैयाँ बढेर तीन लाख एक हजार नौसय पुगेको थियो।

आज चाँदीको भाउ पनि घटेको छ। प्रतितोला १८५ रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ७४० मा झरेको महासंघले जनाएको छ।

हिजो चाँदीको भाउ २० रुपैयाँ बढेर ४ हजार ९२५ रुपैयाँ पुगेको थियो।