आज सुनचाँदी दुवैको मूल्यमा वृद्धि

 संवाददाता    २०८३, २६ जेष्ठ मंगलवार ११:२६     29 जनाले पढ़िसके



Spread the love

हिजो घटेको सुनको भाउ आज बढेको छ।

तोलामा दुई हजार रुपैयाँ बढेर सुनको भाउ आज तीन लाख एक हजार नौसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ थियो।

आज चाँदीको भाउ पनि बढेको छ। प्रतितोला २० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ९२५ रुपैयाँ पुगेको छ।

गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।