ओेमानविरूद्ध सहज जितसँगै नेपाल फाइनलमा

 संवाददाता    २०८३, २४ जेष्ठ आईतवार ११:१०     105 जनाले पढ़िसके



Spread the love

नेपालले आज भएको एशियन गेम्स पुरुष क्रिकेट क्वालिफायरको पहिलो सेमिफाइनलमा ओमानलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

टस जितेर ब्याटिङ रोजेको ओमानको सुरुवात निकै खराब रह्यो। करण केसीले शुरुवाती दुई विकेट लिएपछि ओमान ३ ओभरमै ९–३ को अवस्थामा पुगेको थियो। मध्यक्रममा सुफ्यान मेहमुदले ३८ रन बनाए पनि अन्य ब्याट्सम्यानहरूले उल्लेखनीय योगदान दिन सकेनन्। ओमान २० ओभरमा ९४ रनमा अलआउट भयो।

जवाफमा नेपालले आक्रामक सुरुवात गरेको थियो। कुशल भुर्तेलले ८ बलमा २० रन बनाए। दुई ओेपनर आउट भए पनि लोकेश बम र रोहित पौडेलले सहजै लक्ष्य पूरा गरे। लोकेश बामले २६ बलमा ४४ रन (७ चौका र १ छक्का) प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरे।

नेपालले एशियन गेम्सको मुख्य प्रतियोगितामा आफ्नो स्थान पक्का गरिसकेको छ। नेपालको बलिङ र ब्याटिङले आज पूर्ण रूपमा प्रभूत्व देखायो।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट बाँडे ।