लुम्बिनीमा राजनीतिक हलचल, ४ मन्त्रीको सामूहिक राजीनामा

 संवाददाता    २०८३, २० जेष्ठ बुधबार ११:४३     27 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेस र नेकपा एमालेकाे गठनबन्धन रहेको लुम्बनी प्रदेश सरकारका चार मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन्।

लुम्बिनी प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बनेका चार जना पदबाट बाहिरिएका हुन्।

बजेटको अन्तिम तयारी चलिरहेका बेला एमालेका चारै मन्त्रीलाई राजीनामा गर्न लगाइएको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए।

एमालेका तर्फबाट लुम्बनी सरकारमा मन्त्री बनेका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले राजीनामा दिएका हुन्।

योसँगै कांग्रेस र एमालेबिच आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भए पनि पार्टीभित्रकै किचलाेले कांग्रेसले अब मुख्यमन्त्री पद नपाउने भएकाे छ।