चाँदी सस्तियो, आइतबार उकालो लागेको सुनको भाउ आज कति पुग्यो?

 संवाददाता    २०८३, २० जेष्ठ बुधबार ११:१३     31 जनाले पढ़िसके



Spread the love

गएको आइतबार तोलामा २० हजार ५ सय रुपैयाँ बढेको सुनको भाउ आज स्थिर छ। चाँदीको मूल्य भने आज घटेको छ।

सुनको भाउ आज तोलाको ३ लाख ११ हजार ३ सय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार तोलामा चारसय रुपैयाँ बढेर सुनको भाउ तोलाको ३ लाख ११ हजार ३ सय पुगेको थियो।

सोमबार सुनको भाउ तोलमा २ सय रुपैयाँ घटेर ३ लाख १० हजार ९ सय रुपैयाँमा झरेको थियो।

गएको आइतबार भने सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको थियो।

आज चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँ घटेर ५ हजार ३७० रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ४०५ रुपैयाँ थियो।