सुनको मूल्य वृद्धिको श्रृंखला कायम, आज फेरि वृद्धि

 संवाददाता    २०८३, १९ जेष्ठ मंगलवार १२:२७     41 जनाले पढ़िसके



Spread the love

गएको आइतबार तोलामा २० हजार रुपैयाँ भन्दा धेरै बढेको सुनको भाउ आज पनि बढेको छ।

सुनको भाउ आज तोलामा चारसय रुपैयाँ बढेर ३ लाख ११ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

हिजो सुनको भाउ तोलमा २ सय रुपैयाँ घटेर ३ लाख १० हजार ९ सय रुपैयाँमा झरेको थियो।

गएको आइतबार भने सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँ बढेर ५ हजार ४०५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ३५५ रुपैयाँ पुगेको थियो।