‘टिकटकर तुलसा कलेक्सन’ भनी चिनिने तुल्सी अधिकारीलाई बकपत्रका निम्ति ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ । सोमबार बकपत्र नसकिएपछि उनी पुनः प्रहरी हिरासतमा पठाइएकी थिइन् ।
सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक चिमोरियाले २०८२ साउन २४ गते तुलसाविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए ।
भदौ महिनादेखि फरार रहेकी उनी चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन् । ललितपुर जिल्ला अदालतमा मुद्दा भएका कारण प्रहरीले उनलाई जिल्ला प्रहरी परिसर, ललितपुरमा बुझाएको थियो ।
ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार आज बकपत्र सकिएमा थुनछेक बहस हुने र अदालतले गर्ने आदेशबमोजिम कारवाही प्रक्रिया अगाडि बढ्ने छ ।